काठमाडौं ,पुस ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। राष्ट्रपति पौडेल भेट्न प्रधानमन्त्री दाहाल मंगलबार बिहान शीतलनिवास पुगेका थिए।
भेटमा उनीहरूबीच देशको पछिल्लो राजनीतिक अवस्था र समसायिक विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपति पौडेलले पछिल्लो समय सरकारका कामप्रति निरन्तर चासो राख्दै आएका छन्।
भेटमा राष्ट्रपति पौडेलले राष्ट्रियसभा निर्वाचनबारे पनि चासो राखेको बताइएको छ।
राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत हुने एक महिला सदस्यसहित २० जना सदस्यहरुको पदावधि सकिदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट एकजना मनोनीत हुने व्यवस्था छ।
सरकारले १९ सिटका लागि माघ ११ मा निर्वाचन गर्ने मिति तोकेको छ ।
प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार