२०८३ असार २७ गते शनिवार

वर्तमान व्यवस्थाको विकल्प खोज्नेतिर लागेमा फेरि अर्को जुनी खेर जान्छ : महामन्त्री थापा


अर्घाखाँची ,मंसिर ८ । कांग्रेस महामन्त्री गगन थापाले वर्तमान व्यवस्थाको विकल्प खोज्नेतिर लागेमा फेरि अर्को जुनी खेर जाने बताए ।

पछिल्लो समय नागरिकमा आक्रोश, भ्रम र निराशा भएकाले त्यसलाई सरकारले सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।


कांग्रेस अर्घाखाँचीको प्रथम अधिवेशनलाई शुक्रबार सन्धिखर्कमा सम्बोधन गर्दै थापाले नेपालमा एउटै व्यक्ति चाररपाँच पटक प्रधानमन्त्री हुनुले जनतामा राम्रो परिणाम दिन नसकेको बताए ।

वर्तमान र भूतपूर्व प्रधानमन्त्रीहरुले अब हामी प्रधानमन्त्री हुँदैनौं भनेर निर्णय गरेमा सबै समस्या समाधान हुने थापाको तर्क छ ।


सहकारीबाट ठगिएका व्यक्ति, व्यवसाय, कृषक, वैदेशिक रोजगारी सबैमा पछिल्लो समय निराशामात्रै देखिएका नागरिकलाई सरकार भएको महसुस गराउन उनले सरकारलाई अनुरोध गरे ।

भष्टचारका काण्डैकाण्डले निराशा छाएकाले भष्टाचार गर्ने, भुटानी शरणार्थी काण्डलगायत बाहिर आएका सबै काण्डमा जेसुकै, जुन पार्टीको नेता भए पनि समातिएर कारबाही हुनुपर्ने उनले बताए ।

चुनावअघि हारिन्छ कि भनेर चुनावी गठबन्धन गर्नु बेठीक भएको तर्क गर्दै थापाले अब कांग्रेसले २०८४ को चुनावमा हारे पनि हारिएला तर, एक्लै चुनाव लड्ने संकल्प लिनुपर्ने बताए ।

चुनावपछि बहुमत नपुगेमात्रै सरकार बनाउन गठबन्धन गर्नु उचित हुने थापाको भनाइ छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *