२०८१ बैशाख १३ गते बिहिवार

प्रहरीमाथि ढुंगामुढा गर्ने दुर्गा प्रसाईंको अभियान समर्थक ५ जना पक्राउ

काठमाडौं,मंसिर ८ । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानको समर्थक ५ जना पक्राउ परेका छन् ।

काठमाडौंको विभिन्न ठाउँबाट दुर्गा प्रसाईंको अभियान समर्थकहरु ५ जना पक्राउ परेका हुन् ।

प्रहरीमाथि ढुंगामुढा गर्ने प्रदर्शनकारीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ । प्रहरीका अुनसार अन्यको खोजी भइरहेको छ ।

बिहीबार बल्खुमा भएको कार्यक्रममा प्रसाईंका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेका थिए । त्यही क्रममा प्रहरीमाथि प्रदर्शनकारीहरुले ढुंगामुढा गरेका थिए ।

आफना कार्यकर्ताहरु पक्राउ परेपछि प्रसाईंले केही बेरमा पत्रकार सम्मेलन गर्दैछन् ।

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *