२०८० मङ्सिर २१ गते बिहिवार

कोशी प्रदेशका एमाले मन्त्री राम रानाले दिए राजीनामा

विराटनगर,कात्तिक १८ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमालेसँगको सहमति विपरीत गठबन्धनलाई सरकारमा ल्याएपछि एमाले मन्त्री राम रानाले राजीनामा दिएका छन् । यो सँगै कोशीबाट नेकपा एमाले औपचारिकरूपमा बाहिरिएको छ ।

हिजोमात्र मुख्यमन्त्री केदार कार्कीले माओवादी र नेकपा एसका एक–एकजनालाई मन्त्री बनाएका थिए । माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जवेगु मन्त्री थपिएका छन् ।

मन्त्रिपरिषद् विस्तारमा असहमति जनाउँदै पार्टीको निर्णयअनुसार रानाले आज बिहान मुख्यमन्त्री कार्कीसमक्ष राजीनामा बुझाएका छन् ।

गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई अघि सारेपछि कांग्रेसबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सुरूमा एमालेका राम राना र आफ्नो समूह निकटका कांग्रेसका शमसेर राईलाई मन्त्री बनाएका थिए ।

पछि गठबन्धनका दलहरूले भने कार्कीलाई विश्वासको मत दिएर ढोक्सा थापेका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *