२०८१ माघ ३ गते बिहिवार

एमालेको चियापान कार्यक्रम कार्तिक १५ गते

काठमाडौं,कात्तिक १० । एमालेको चियापान कार्यक्रम एक दिन पर सरेको छ । एमालेले १४ कात्तिकमा तय गरेको चियापान कार्यक्रम १५ गते हुने भएको छ ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको तर्फबाट दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा १४ कात्तिकमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम राखिएको थियो ।

तर, उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै १५ कात्तिकमा आयोजना गर्ने निर्णय भएको कार्यालय सचिव डा.भीष्म अधिकारीले जारी गरेको वक्तव्यमा जनाइएको ‍ छ ।

चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा आगामी बुधबार दिउँसो ठीक १२स्१५ बजेबाट सुरु हुने जनाइएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *