बिराटनगर,असोज २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशको मुख्यमन्त्रीको दौडमा तटस्थ बस्ने निर्णय गरेको छ ।
आज बसेको पदाधिकारी बैठकले पार्टीको समर्थन कसैलाई पनि आवश्यक नपरेकाले अहिले तटस्थ बस्ने निर्णय गरेको बैठकपछि पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनले कोशीमा विकसित घटनाक्रमलाई भने पार्टीले नजिकबाट नियालिरहेको बताए ।
कोशीमा सत्तारुढ गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो र कांग्रेसबाट विद्रोह गरी शेखर समूहले एमालेको समर्थनमा केदार कार्कीलाई मुख्यमन्त्रीका लागि अगाडि बढाएको छ ।
प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रवार