२०८१ चैत्र ९ गते शनिवार

विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको छ ः उपप्रधानमन्त्री खड्का

सुर्खेत, असोज २६ । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताएका छन ।

सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार सुरु भएको नेपाल राष्ट्रिय मगर सङ्घको दोस्रो कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले देश विविध कारणले अप्ठ्यारोमा परेको बताए ।

‘‘संविधानलाई विभिन्न बहानामा हल्लाउने कोशिस भइरहेको छ, त्यसप्रति सजग हुन आवश्यक छ,’’ उनले भने, ‘‘संविधानलाई भड्काउने कोशिस भएको सङ्केत देखिएकाले यसमा कांग्रेस जिम्मेवार बन्नु पर्दछ ।’’

उपप्रधानमन्त्री खड्काले पद प्राप्त पछिको घमण्ड र अहङ्कारका कारणले कांग्रेसप्रति जनताको गुनासो बढेको समेत बताए ।

प्रत्येक नेता कार्यकर्ताको व्यवहार र बोलीवचनमा सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘‘हरेक दिन हाम्रा गतिविधि आम जनताको मोबाइलमा कैद भएका छन् ।

कार्यक्रममा उनले राष्ट्रिय मगर सङ्घको दोस्रो कर्णाली अधिवेशनले आम जनमानसमा एकताको सन्देश दिने विश्वास व्यक्त गरे ।

उनले कांग्रेसको आगामी महासमिति बैठकका लागि समेत मगर सङ्घरको अधिवेशनबाट महत्त्वपूर्ण सुझाव आउने विश्वास व्ययक्त गरे ।

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *