२०८२ बैशाख ७ गते शनिवार

सत्ता गठबन्धनलाई सही बाटोमा हिंडाउन प्रेरित गरिरहेका छौं ः माधव नेपाल

नेपालगन्ज,असोज २४ । नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई सही बाटोमा हिंडाउन आफ्नो पार्टीले प्रेरित गरिरहेको बताएका छन् ।

नेकपा एकीकृत समाजबादीले थालेको ुसमाजबादी जागरण अभियान २०८०ु अन्तर्गत आज कोहलपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सरकारलाई जनताका दुस्ख र पीर(मर्कामा केन्द्रित भएर काम गर्न आग्रह गरे । नेपालले देशको अर्थतन्त्रलाई बलियो बनाउने गरी काम गर्नुपर्नेमा जोड दिँदै सरकारप्रति जनभरोसा बढाउनुपर्ने बताए । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले जनचाहना अनुसार काम गर्न सरकारलाई सचेत बनाइरहेको बताए ।

आफ्नो पार्टी गरिव र सर्वहारा जनतासंग जोडिएर काम गर्नुपर्दछ भन्ने मान्यताका साथ अघि बढेको उल्लेख गर्दै नेपालले विचार मिल्ने शक्तिहरुलाई एकीकृत गर्दै समाजबादी मोर्चा बनाउने अभियानमा लागेको बताए । उनले आफ्नो पार्टीसंग जोडिएर समाजबादी अभियानमा सरिक हुन आह्वान समेत गरे । जनसभालाईलाई वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *