काठमाडौं,असोज २२ । इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारका लागि सरकारद्वारा गठित समन्वय संयन्त्रको बैठक सम्पन्न भएको छ।
इजरायलमा जारी द्वन्द्व र द्वन्द्वको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक सोमबार बिहान परराष्ट्र मन्त्रालयमा बसेको थियो।
सो बैठकले गरेका निर्णय यस्ता छन्–
१. यथाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसंग समन्वय गर्ने।
२. इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने।
आइतबार गठन गरिएको उक्त संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर इजरायलमा रहेका नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण काम गर्ने भनिएको छ।