२०८० मङ्सिर १६ गते शनिवार

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ,असोज २१ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने छ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

आजकै बैठकमा सभामुख देवराज घिमिरेले ‘विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने पनि कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत् विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति : २०८० असोज २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *