२०८० मङ्सिर २३ गते शनिवार

प्रधानमन्त्री दाहाल र एमसिसीकी सिइओ एलिसबीच भेटवार्ता

काठमाण्डौ,असोज १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अलब्राइटबीच भेटवार्ता भएको छ।

एलिसले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर दाहालसँग भेटवार्ता गरेकी हुन्।

आज बिहान भएको उक्त भेटमा भदौ १३ गतेदेखि सुरु भएको एमसिसी परियोजना कार्यान्वयनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यही आइतबार नेपाल आएकी उनले प्रमुख राजनीतिक दलका नेताहरूसँगको भेटवार्तालाई तीव्रता दिएकी छन्।

अमेरिका र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको १३ भदौबाट एमसिसी परियोजना कार्यान्वयनमा गएको छ।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *