२०८० मङ्सिर १७ गते आइतवार

नेकपा एसका कोशी प्रदेश अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ,असोज १० । माधवकुमार नेपालले नेतृत्व गरिरहेको सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका कोशी प्रदेश अध्यक्ष बलदेव चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुखसमेत रहेका चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले चौधरीसहित तत्कालीन निमित प्रमुख प्रशाकीय अधिकृत किरणकुमार कार्की, नायव सुब्बा गुरु ढकाल र ठेकेदार राजेश बछारविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा चलाइएको हो।

उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुखसमेत रहेका चौधरीसहित ४ जनाविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप(पत्र दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

चौधरीसहितको टोलीले आर्थिक वर्ष २०७८७९ मा ढुङ्गा, गिटी, ग्राभेल, रोडा, बालुवा उत्खनन संकलन तथा बिक्री गरी कर उठाउने ठेक्कामा मिलेमतोमा बदनियतपूर्वक राजस्व हानिनोक्सानी गरेको उजुरी परेपछि अनुसन्धान हुँदा उक्त कार्य गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको दाहालले बताए।

अख्तियारले निश्चल ट्रेडर्स हेटौडाका प्रोपाइटर तथा ठेकेदार राजेश बछारले तत्कालीन नगर प्रमुख चौधरी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्की र तत्कालीन राजस्व शाखा प्रमुख ढकालसँग मिलेमतो गरी सम्झौताको सर्तविपरीत बोलपत्र र सम्झौता नै नभएको, दरभाउ नै पेश नभएको नदीजन्य पदार्थ उत्खनन र बिक्रीसमेत गरेको खुलेको जनाएको छ।

ठेक्का नै नभएको माटो भरौटे र बलौटे गैरकानुनी ढंगले उत्खनन र बिक्री गर्न दिएको, प्रत्यक्ष(अप्रत्यक्ष सहयोग पुर्‍याएको कारण माटो भरौटे र बलौटेको राजस्व १८ लाख ४४ हजार १७७ रुपैयाँ ९४ पैसा चुहावट भएको पाइएको पनि अख्तियारले जनाएको छ।

चौधरीले ८१ लाख ३५ हार ३ सय ८२ रुपैयाँ १६ पैसा राजस्व चुहावट गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय ९क० र ९ख० बमोजिमको कसुरमा बिगो ८१ लाख ३५ हजार तीन सय ८२ रुपैयाँ १६ पैसा कायम गरी कैद सजाय तथा राजश्व रकमको दोब्बर १ करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ ३१ पैसा जरिवाना गराउन पनि माग अख्तियारले गरेको छ।

उनले सम्झौताको सर्त बमोजिमको कार्य नगरी बलौटे र भरौट माटो अवैध रुपमा उत्खनन र बिक्री गरी बिगो रकम जम्मा १८ लाख ४४ हजार एक सय ७७ रुपैयाँ राजस्व चुहावट गरेको पनि अख्तियारले ठहर गरेको छ।

उनीहरुविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय ९क० र ९ख० बमोजिमको कसुरको मतियार भई उक्त ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशको प्रावधान बमोजिमको कसुर गरेको पाइएको पनि अख्तियारले उल्लेख गरेको छ।

अख्तियारले उक्त ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशको प्रावाधान अनुसार मुख्य प्रतिवादीलाई हुने सजायसरह राजेश बछारलाई कैद सजाय तथा चुहावट भएको राजस्वको दोब्बर रकम ३६ लाख ८८ हजार ३५५ रुपैयाँ ८८ पैसा असुलउपर गर्न पनि माग गरेको छ।

बलदेव चौधरी २०७४ सालको स्थानीय तह निर्वाचनमा त्रियुगा नगरको मेयरमा एमालेबाट निर्वाचित भएका थिए। २०७८ भदौमा एमालेबाट फुटेर नेकपा एस बनाएपछि उनी त्यतै सनाखत गरेर कोशी प्रदेश अध्यक्ष बनेका थिए।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *