२०८३ बैशाख १५ गते मङ्गलवार

एमालेको कर्णाली अधिवेशन आजबाट ः १३५ सदस्यीय कमिटी चुनिने

काठमाडौं,असोज १० । नेकपा ९एमाले०को कर्णाली प्रदेशको अधिवेशन आजबाट सुरु हुँदै छ ।

अध्यक्ष केपी शर्मा ओलीले सुर्खेतको सिटी हलमा हुने अधिवेशनको उद्घाटन गर्ने छन् ।

अधिवेशनमा ६०४ प्रतिनिधिले भाग लिनेछन् । जसमा सुर्खेतबाट ११२, जाजरकोटबाट ७५, दैलेखबाट ७४, कालिकोटबाट ६५, हुम्लाबाट ४८, जुम्लाबाट ४८, डोल्पाबाट ३९, मुगुबाट ३३, रुकुमपश्चिमबाट २३ गरी ५५४ प्रतिनिधि छानिएका छन् । त्यस्तै, २२ वटा मोर्चा संगठनका ५० जनाको प्रतिनिधित्व रहनेछ ।

अधिवेशनले पाँचजना पदाधिकारीसहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ ।

पार्टीका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले कमिटी सर्वसम्मत होस् भन्ने चाहेको बताएका छन् । सर्वसम्मत नभए निर्वाचन हुने र त्यसमा प्यानल भने बनाउन नपाइने उनको भनाइ छ । गुटले पार्टी विभाजनको दिशातिर लग्ने भएकाले प्यानल भने बन्न नदिइने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *