२०८० मङ्सिर १७ गते आइतवार

संविधान कार्यान्वयनका सन्दर्भमा देखिएका जटिलताबारे महासमितिमा छलफल हुन्छ ः गगन थापा

काठमाडौँ,असोज ९ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान कार्यान्वयनका सन्दर्भमा देखिएका जटिलताहरु महासमितिको बैठकमा छलफल हुने बताएका छन्।

सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले महासमितिको बैठकमा नीति महाधिवेशनले गर्ने समेत कामहरु गर्ने स्पष्ट पारे।

उनले संविधान संशोधन वा निर्वाचन प्रणालीमा पुनः समीक्षा गर्नेकुरा पनि महासमितिको बैठकमा छलफल हुने बताए।

उनले कार्यसमिति बैठकमा नेताहरुले सरकार सञ्चालनका विषयमा सुझाव, चासो, आलोचना गरेको भन्दै त्यसलाई छलफल गर्ने बताए।

उनले कांग्रेसले अघिल्लो कार्यसमितिको बैठकबाट गरेका निर्णयहरु सरकारलाई सुनाएकोमा माग पूरा नभएको अवस्था रहेकाले पुनः सरकारलाई स्मरण गराउने बताए।

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *