२०८० असोज १५ गते सोमवार

अनेरास्ववियु रुपन्देहीको अध्यक्षमा भरत अर्याल निर्वाचित


रुपन्देही,भदौ ३० । अनेरास्ववियु रुपन्देहीको २४ औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा भरत अर्याल निर्वाचित भएका छन् ।

बुटवल बहुमुखी क्याम्पसबाट अनेरास्ववियुको राजनीति यात्रा सुरु गरेका अर्याल अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसको अध्यक्ष हुँदै अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै अहिले जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षको जिम्मेवारी लिँदै अर्यालले संगठनलाई थप प्रभावकारी र चलायमान गर्ने बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निर्वाचनबाट उपाध्यक्षमा निरज आचार्य, अर्जुन गैरे, सचिव सुमित सापकोटा, सहसचिव मनिषा कार्की, गुनबहादुर श्रेष्ठ, सरोज खनाल, पवन भुसाल, कोषाध्यक्षमा सुनिल खनाललगायत ५१ कमिटी सदस्य निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *