२०८० असोज १५ गते सोमवार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं,भदौ ३० । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन्।

राष्ट्रपति भवन शीतलनीवासमा शनिबार बिहान दुवैबीच भेटवार्ता भएको हो।

सो भेटवार्तामा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री दाहाल आज अमेरिका प्रस्थान गर्दैछन्। उनी साँझ ६ बजे न्युयोर्क प्रस्थान गर्न लागेका हुन्।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *