२०८३ बैशाख १५ गते मङ्गलवार

एमाले अधिवेशन ः २०५ कमिटीका लागि ३६४ जनाको उम्मेदवारी

बुटवल, भदौ १८ । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा २ सय ५ कमिटीका लागि ३ सय ६४ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन कमिटीले दिउँसो १ बजे अन्तिम नामावली सार्वजनिक गरेको हो‚ जसमा अध्यक्षमा २‚ उपाध्यक्षमा ३ र सचिवमा २ जनाको उम्मेदवारी छ । उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी छ । त्यस्तै निर्वाचन कमिटीले निर्वाचन तालिका पनि सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिकामा दिउँसो १ बजे अन्तिम नामावली सार्वजनिक गरिएको हो । साढे १ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने‚ २ बजेसम्म उजुरीमाथि छानबिन र निर्णय गर्ने र साढे २ बजे नामावली पुनः प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बताए ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *