२०८१ कार्तिक १९ गते सोमवार

कर्णालीको कार्यवहाक मुख्यमन्त्री बने मंगल शाही

सुर्खेत,भदौ १५ । कर्णाली प्रदेशको कार्यवहाक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री मंगल शाहीले पाएका छन् ।

बुधबार मुख्यमन्त्री राजकुमार शर्मा स्विट्जरल्याण्ड भ्रमणमा निस्किएपछि प्रदेश प्रमुख तिलक परियारले शाहीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

मुख्यमन्त्री शर्मा स्विट्जरल्यान्डको जुरिचमा अन्तर्राष्ट्रिय मानवअधिकार आयोग, अन्तर सरकार संस्थाको आयोजनामा हुने लगानी सहकार्य विषयक कार्यक्रममा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

बुधबारदेखि अनुपस्थित हुने गरी मुख्यमन्त्रीको सचिवालयको पत्रानुसार प्रदेश प्रमुख परियारले संविधानको धारा १५५ बमोजिम मन्त्री शाहीलाई कार्यवाहक मुख्यमन्त्री तोकेका हुन् ।

कार्यक्रम जुरिचमा बिहीबार आज र भोलि हुनेछ ।

प्रकाशित मिति : २०८० भाद्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *