काठमाडौँ,साउन २ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबारसम्मका लागि स्थगित भएको छ।
बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको सभापति शेरबहादुर देउवाले जानकारी गराए।
आजको बैठकमा महामन्त्री गगन थापाले पार्टीको विधान कार्यान्वयन र पार्टी सुदृढीकरणका सन्दर्भमा २१ पृष्ठको प्रस्ताव पेश गरेका छन्।
प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार