२०८३ बैशाख १५ गते मङ्गलवार

राप्रपा नेपालका जनवर्गीय संगठनहरूले विरोध प्रदर्शन गर्ने

काठमाडौँ,जेठ २५ । राप्रपा नेपालका जनवर्गीय संगठनहरूले संयुक्त रूपमा शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएका छन्।

भ्रष्टाचार, कुशासनसँगै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दुराष्ट्रको माग राखी विरोध प्रदर्शन गर्ने भएको हो।

भोलि दिउँसो २ बजे बबरमहलमा जम्मा भइ जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

जनवर्गीय संगठनहरू व्यापक तयारीमा जुटेको तथा भोलिको सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने समेत उनले बताए।

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *