२०८३ बैशाख १६ गते बुधवार

प्रि–बजेट छलफलमा मंगलबार पनि जारी

काठमाडौँ ,बैशाख २६ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सोमबारदेखि ‍सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरू भएको छ।

सोमबारदेखि सुरु भएको छलफल आज मंगलबार पनि हुँदैछ। तर, बजेट जस्तो राज्यका लागि प्राथमिकतामा रहेको विषयमाथि हुने छलफलमा हाम्रा सांसद् भने अनुपस्थित(गयल) रहेका छन्।

प्रमुख राजनीतिक दलहरूकै शीर्ष बाहेक अन्य सांसद्हरूको उपस्थिति आजको संसद् भवनमा देख्न पाइएको छैन। हिजो सोमबार पनि उपस्थिति आजकोभन्दा केही बढी देखिएपनि उपस्थिति कम नै थियो।

सोही बैठकमा बजेटको बारेमा छलफलको समय निर्धारण भइरहँदा नक्कली शणरार्थी प्रकरणमा बोल्न नपाएको भन्दै सांसद् अमरेश कुमार सिंहले आफूले लगाएको लुगा खोली अर्धनग्न भएका थिए।

त्यसपछि बैठकमा विभिन्न टिकाटिप्पणीका साथ सोही विषय माथिको छलफललाई निरन्तरता दिइएको थियो।

संसद् भवनमा विशे‍ष कारण बाहेक सबै सांसद् उपस्थित हुनुपर्ने तथा हाजिरिको व्यवस्थामा कडाइ गरिनुपर्ने जस्ता कुराहरू उठेपनि यसको व्यव‍हारिकता भने खासै नभएका पाइएको छ।

आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठकले इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय गरेको थियो।

जस अनुसार अबदेखि सांसदहरूको हाजिरी बैठक बसेकै दिन संसदको वेबसाइटमार्फत् सार्वजनिक गरिने तयारी थालिएको हो।

यसअघि संसद् सचिवालयले उपलब्ध गराएको रजिष्टरमा हाजिरी गरिँदै आएको थियो। बैठकमा गणपुरक संख्यासमेत नपुग्दा पटक(पटक बैठक प्रभावित हुने गरेको यसअघिका उदाहरण धेरैँ छन्।

प्रकाशित मिति : २०८० बैशाख २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *