काठमाडौं, वैशाख १९ । बारा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले शपथ लिएका छन्।
जसपा अध्यक्षसमेत रहेका यादवले सोमबार शपथ लिएका हुन्।
सभामुख देवराज घिमिरेले सिंहदरबारमा आयोजित समारोहमा यादवलाई सांसदको शपथ गराएका हुन्।
गत वैशाख १० मा भएको उपनिर्वाचनमा यादव प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
प्रकाशित मिति : २०८० बैशाख १९ गते मङ्गलवार