२०८३ बैशाख १६ गते बुधवार

प्रधानमन्त्री दाहालले दिए नेपाली क्रिकेट खेलाडीलाई बधाई

काठमाडौँ ,बैशाख १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको विजेता टोली नेपाललाई बधाई ज्ञापन गरेका छन्।

प्रधानमन्त्री दाहालले खेलाडीको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

प्रधानमन्त्री खेलाडीहरुलाई शुभकामना दिँदै भने,’एसिसी मेन्स प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशनबमोजिम उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का खेलाडीहरूलाई हौसला बढाउन खेल मैदान पुगेका थिए। साथै, जितपश्चात् उनले सम्पूर्ण खेलाडीहरूलाई बधाई दिँदै जितको खुसी साटेका थिए।

उक्त कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ। आज सम्पन्न एसिसी प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेट ९युएई० लाई सात विकेटले पराजित गरेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको हो।

प्रकाशित मिति : २०८० बैशाख १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *