२०८१ जेष्ठ १३ गते आइतवार

बाजुरामा मुचुल्कामा भन्दा धेरै मत भेटिएपछि मतगणना रोकियो

बाजुरा ,मंसिर १६ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत बाजुरामा मुचुल्कामा भन्दा धेरै मत भेटिएपछि मतगणना रोकिएको छ ।

बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा भन्दा धेरै मत भेटिएपछि मतगणना रोकिएको हो ।

प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत धेरै रहेको पाइएपछि मतगणना रोकिएको हो ।

पछिल्लो विवरण अनुसार कांग्रेसका बद्रि पाण्डेले ५ हजार ३९९ मत प्राप्त गरेका छन । त्यस्तै उनका प्रतिस्पर्धी एमालेका कर्ण थापाले ४ हजार १३० मतसहित पछ्याएका छन ।

पाण्डे र थापाबीचको मतान्तर १ हजार २६९ रहेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *