२०८१ मङ्सिर १७ गते सोमवार

बाँके २ (क) मा जसपाका यादब र ३ (क) मा एमालेका खत्री चिर्वाचित


दाङ, मंसिर ७ । बाँकेको निर्वाचन क्षेत्र नं. २ (क) प्रदेशसभामा जनता समाजवादी पार्टीका उम्मेदवार भण्डारीलाल यादव र ३ (क) प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार रत्न खत्री बिजयी भएका छन् ।

जसपाका नेता भण्डारीलालले निर्वाचन क्षेत्र नं. २ (क) मा नेकपा एमालेका विजयबहादुर यादवलाई २१४६ मतान्तरले पपछि पार्दै निर्वाचित भएका छन् ।
भण्डारीलालले ११०५४ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी विजयले ९३५८ मत प्राप्त गरेका थिए ।
यहाँ नेपाली काँग्रेसका राजकुमार कुर्मीले ८७३१ मत प्राप्त गरेका थिए ।

त्यस्तै निर्वाचन क्षेत्र नं. ३ (क) प्रदेशसभा सदस्य पदर्मा खत्री निर्वाचित भएका छन् । खत्रीले १३१५८ मत पप्त गर्दा निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारले ११४६४ मत प्राप्त गरेका थिए ।

सुनार १६९४ मतान्तरले पराजित भएका हुन । यहाँ नागरिक उन्मुक्ती पार्टीका चन्तराम थारुले ९५४७ र नेकपा माओवादी केन्द्रका ईन्द्रप्रसाद खरेलले जम्मा १९९५ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *