२०८१ जेष्ठ १६ गते बुधवार

बाँके – ३ मा एमालेका कक्षपपित– काँग्रेसका राठोर भन्दा ६७६ मतले अगाडि


दाङ, मंसिर ६ । बाँकेको क्षेत्र नम्बर ३ मा नेकपा एमालेका किस्मतकुमार कक्षपतीले अग्रता कायमै राखेका छन् ।
सार्वजनिक पछिल्लो मत परिनाम अनुसार ११,६६३ मत गणना हुँदा एमालेका कक्षपतीले ३०९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले २४२३ मत प्राप्त गरेका छन । हालसम्म यी दुई बीचको मतान्तर ६७६ रहेको छ ।
यहाँ राष्टिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले १०५१ मत प्राप्त गरेका छन् । हालसम्म ४४७ मत बदर भएको छ। मतगणा जारी छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *