२०८२ जेष्ठ ४ गते शुक्रवार

बर्दिया खैरापुरको शम्भुशरण मावि केन्द्रमा स्थगित भएको मतदान पुनः सुरु


बर्दिया, मंसिर ४ । खैरापुरको शम्भुशरण माध्यमिक विद्यालय मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ । केन्द्रबाहिर विस्फोट भएपछि एक घण्टा मतदान कार्य स्थगित गरिएको थियो ।

मतदान केन्द्रबाहिर सुतली बम विस्फोट भएपछि रोकिएको मतदान सुचारु भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए ।

गुलरिया नगरपालिकाको खैरापुर, राजापुरको धोविनपुर, ठाकुरबाबाको अम्रेनी र बढैयाताल गाउँपालिकाको मैनापोखरमा प्रेसर कुकरभित्र शंकास्पद वस्तु भेटिएको र सबै डिस्पोज भइसकेको उनले बताए ।

बर्दियाका अन्य मतदान स्थलमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।

प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *