२०८१ साउन ६ गते आइतवार

एकीकृत समाजवादी जुम्ला संयोजकमा बुढा

जुम्ला,कात्तिक २२ । नेकपा एकीकृत समाजवादीले जुम्ला संयोजकमा तीर्थबहादुर बुढालाई तोकेको छ।

केन्द्रीय कमिटी सदस्य बुढालाई आगामी निर्वाचनमा प्रचार–प्रसारलगायत सम्पूर्ण कामको संयोजन गर्ने जिम्मेवारी दिइएको पार्टीका महासचिव वेदुराम भुसालले बताए।

उनकाअनुसार जुम्ला जिल्ला र कर्णाली प्रदेश कमिटीका केही नेताहरूले पार्टीको हितविपरीत कार्य गरेकाले पाँच नेतालाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ।

कारबाहीमा परेका नेताहरूमा देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाय, रतनबहादुर रोकाय र धर्मराज बराल छन्।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनबाहेकका अन्य दलका नेतालाई सहयोग गरेकाले उनीहरुलाई निष्काशन गरिएको उनले बताए।

प्रकाशित मिति : २०७९ कार्तिक २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *