२०८२ मङ्सिर २२ गते सोमवार

राष्ट्र र संविधान रक्षाका लागि गठवन्धन आवश्यक

देविराम कुसारी,गोल्टाकुरी कात्तिक १३ । राष्ट्र र संविधान सभा रक्षाको लागि गठवन्धन आवश्यक भएको एक कार्यक्रमका सहभागिले बताएका छन् ।

लोकतान्त्रिक बाम गठबन्धन चुनाव प्रचारप्रसार समिति दंगीशरण –२ को आयोजनामा भएको चुनावी सभाका सहभागिले अहिले गठवन्धन अपरिहार्य भएको वताए ।

सभालाई संवोधन गर्दै प्रतिनिधि सभा सदस्यको लागि गठवन्धनका उमेदवार दिपक गिरीले एमालेले शक्ति र सत्ताको आडमा संविधानको हत्या गर्न खोजेको बताए ।

काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका गिरीले संविधन नरहे राष्ट्रनै खतरामा पर्न सक्ने भएको हुदा गठवन्धन आवश्यक परेको बताए ।

चुनाव प्रचार-प्रसार समितिका संयोजक शरदिन कुसारीको अध्यक्षतामा भएको सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्यका उमेदवार धनबहादुर मास्किले वलिको तानाशाह प्रवृतिले गठनवन्धन जन्माएको वताए ।

देशमा ठुलाठुला परिवर्तन काँग्रेस र माओवादिको सहकार्यमा सफल भएको वताउदै यस पटकको लडाई पनि सहकार्यमै सफल हुने बताए ।

कार्यक्रममा काँग्रसका क्षेत्रिय प्रतिनिधि पिमा खड्का, माओवादीका धनबहादुर चौधरी लगाएतले बोलेका थिए ।

कार्यक्रमको सहजीकरण माओवादिका मदन घर्तिले गरेका थिए ।

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *