काठमाडौं,कात्तिक १२ । सत्तारूढ दल नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयार गरेको घोषणापत्र शनिबार सार्वजनिक गर्दैछ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरूको उपस्थितिमा केन्द्रीय कार्यालय, सानेपामा आज बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने भएको हो।
अर्थविद स्वर्णिम वाग्ले, योजना आयोगका पूर्वउपाध्यक्ष डा। गोविन्द पोखरेल, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेलगायतले घोषणापत्र तयार गरेका हुन्।
महामन्त्री शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समितिको गठन भएको थियो।
कात्तिक ७ गते घोषणापत्र सार्वजनिक गर्ने भनिए पनि विविध कारणले उक्त कार्यक्रम स्थगित भएको थियो।
प्रकाशित मिति : २०७९ कार्तिक १२ गते शनिवार
