काठमाडौं ,कात्तिक ७ । समानुपातिक निर्वाचन प्रणालीतर्फ ९ जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।
बाँकी रहेका जिल्लाहरूमा मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा छन्। अन्य जिल्लामा मतपत्र पुगिसकेको छ।
प्रतिनिधि सभा तर्फ समानुपातिक निर्वाचनका लागि एक करोड ९३ लाख १३ हजार मतपत्र ढुवानी सम्पन्न भइसकेको छ। प्रदेश सभातर्फ एक करोड ९३ लाख १३ हजार ढुवानी मतपत्र ढुवानी सम्पन्न भइसकेको छ।
प्रतिनिधि सभातर्फ पाँच लाख ५८ हजार मतपत्र र प्रदेश सभातर्फ ५ लाख ६७ हजार मतपत्र ढुवानी हुन बाँकी छ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ३३ जिल्लाको ९६ लाख ७४ मतपत्र छपाइ सम्पन्न गरेको छ।
यसैगरी प्रदेश सभातर्फ ३३ जिल्लाको ९० लाख ७६ हजार ५०० मतपत्र छपाइ सकिएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि एक करोड ८७ लाख ५० हजार मतपत्र छपाइ भइसकेको छ।
