घोराही, असोज ३० । केही दिन अघि एमालेमा प्रवेश गरेका दुई जना माओवादी कार्यकर्ताहरू पुनः माओवादीमै फर्किएका छन् ।
आफूहरूलाई भ्रममा पारि एमाले पार्टी प्रवेश गराएको भन्दै उनीहरू माओवादीमै रहेर जिम्मेवारीपूर्वक काम गरिरहेको स्पष्ट पारेको माओवादी ८ नं वडा इञ्चार्ज पिताम्वर ओलीले जानकारी दिए ।
घोराही उपमहानगरपालिका वडा नं ८ का प्रकाश अलि र घोराही उपमहानगरपालिका वडा नं १२ का किशोर चौधरीले माओबादी नै मुलुकको परिवर्तनकारी पार्टी भएकाले आफूहरू पार्टीमा कटिबद्ध भएको बताएका छन् ।
उनीहरूलाई माओवादी केन्द्रका पोलिटब्युरो सदस्यद्वय हेमराज शर्मा डायमण्ड र नारायणी शर्मा प्रतिक्षाले पुनः पार्टीमा फर्किएकालाई उचित जिम्मेवारी दिइने बताएका छन् ।
प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार