२०८२ मङ्सिर २४ गते बुधवार

गृहमन्त्रीले जबरजस्त टिकट खोसेको पोखरेलको आरोप

रुपन्देही,असोज २७ । रुपन्देही क्षेत्र नंं ५ को प्रदेश सभा ९१०मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका विष्णु पोखरेलले आफू कोइराला पक्षको भएकै कारण निर्वाचन कार्यपालिकाको प्रक्रिया मिचेर आफ्नो उम्मेदवारी रद्द गराएको गुनासो गरेका छन् ।

उनले पार्टी सभापति शेरबहादुर देउवाले टिकट दिएर उम्मेदवारी दर्ता गरे पनि गृहमन्त्री खाँणको दबाबमा उम्मेदवारी फिर्ता गर्ने समय गुज्रिसकेपछि उम्मेदवारी रद्द गराइएको आरोप लगाएका छन् ।

पोखरेलले भने ‘ सभापतिले पनि मेरो उम्मेदवारी फिर्ताबारे केही भन्नुभएको छैन, तर गृहमन्त्री खाँणले शेखर पक्षलाई समाप्त गर्ने नियतका साथ रद्द गर्न लगाए छन्।

उनले गृहमन्त्रीले शेखर पक्षमाथि अन्याय गरेको गरेको बताए। उनले आफूले जित्ने निश्चय भएपछि खाँणले पछि पाटी र जिल्लामा मेरो प्रभावलाई रोक्नको लागि जबरजस्त रूपमा अन्तिम समयमा टिकट खोसेको आरोप लगाए ।

निर्वाचन अधिकृत चिन्तामणि शर्माले पनि २ बजेसम्म उम्मेदवारी कायमै रहेको बताएको तर पछि इमेलमा पत्र आएको रहेछ भनेर झुटो कुरा गरेको पोखरेलले दाबी गरे ।

रुपन्देही क्षेत्र नंं. ५ ९१० सत्ता गठबन्धनको भागबण्डामा माओवादी केन्द्रलाई परेपछि पोखरेलले पनि पार्टीबाट टिकट पाएका थिए ।

पोखरेलले उम्मेदवारी दिएपछि माओवादीले सहमति भाँडिएको भन्दै प्रतिनिधि सभामा दीपिका शर्मा लम्साललाई उम्मेदवार बनाएको थियो ।

पोखरेल २०७४ सालमा यही क्षेत्रबाट नेपाली कांग्रेसबाट प्रदेश सभा उम्मेदवार बन्दा एमालेका भूमिश्वर ढकालसँग पराजित भएका थिए ।

प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *