२०८१ साउन ९ गते बुधवार

निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दै

काठमाडौं,असोज २६ । निर्वाचन आयोगले आगामी मंसिर ४ को निर्वाचनका लागि आज उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दैछ ।

उमेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उमेदवारहरुको अन्तिम नामावली आयोगले आज दिउँसो १ देखि ३ बजेसम्ममा प्रकाशन गर्नेछ।

अन्तिम नामावली प्रकाशन भएसँगै उमेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन्।

पार्टीका आधिकारिक उमेदवार र स्वतन्त्र उमेदवारलाई आजै चिह्न दिनेगरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ।

यसपटक प्रतिनिधिसभातर्फ २ हजार ५३१ जना र प्रदेशसभार्तफ ३ हजार ४८१ जनाको उमेदवारी परेको विवरण आयोगले मंगलबार सार्वजनिक गरेको छ।

यी उम्मेदवारमध्ये उम्मेदवारी फिर्ता लिने र खारेजीमा पर्नेहरु कटौति गरेर आयोगले अन्तिम नामावली सार्वजनिक गर्नेछ ।

उम्मेदवारी फिर्ता लिने समय आजै १० बजेदेखि दिउँसो १ बजेसम्म रहेको छ ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *