२०८२ मङ्सिर २२ गते सोमवार

रूपन्देही १ बाट स्वतन्त्र उठेका घनश्यामलाई सत्ता गठबन्धनको समर्थन

बुटवल,असोज २३ । एमाले त्यागेका नेता घनश्याम भुसालको उम्मेदवारीलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यरातमा फोनमार्फत यस्तो प्रतिबद्धता जनाएको भुसालले बताए।

एमाले त्यागेपछि आफुलाई माओवादीको चुनाव चिन्हबाट लड्न प्रस्ताव आएपनि नैतिक प्रश्न उठ्ने भन्दै आफुले अस्वीकार गरेको उनको भनाइ छ।

आफुले स्वतन्त्र उम्मेदवारी दिने र त्यसमा गठबन्धनले समर्थन गर्ने वातावरण बनाउन प्रचण्डसँग आग्रह गरेको भुसालले बताए।

आफ्नो आग्रहमा सकरात्मक हुँदै प्रचण्डले सत्ता गठबन्धनले समर्थन गर्ने प्रतिवद्धता जनाएको उनको भनाइ छ।

‘रूपन्देही १ माओवादीको भागमा परेको थियो। त्यस हिसाबले मैले माओवादीसँगै कुरा गर्नुपर्थ्यो। माओवादीको चुनाव चिन्हबाट चुनाव लड्दा नैतिक प्रश्न उठ्थ्यो। त्यसैले स्वतन्त्र उम्मेदवारी दिएर मैले प्रचण्डमार्फत गठबन्धनको समर्थन मागेको हुँ,’उनले भने।

आफुले गरेको आग्रहलाई स्वीकार गर्दै प्रचण्डले शनिबार राति फोन गरेर प्रतिबद्धता जनाएको उनले बताए।

‘ मेरो स्वतन्त्र उम्मेदवारीलाई समर्थन गर्नुस भनेर प्रचण्डलाई भनेको थिए।उहाँले म सल्लाह गर्छु भन्नुभएको थियो।राती साढे १२ बजे प्रचण्डले फोन गरेर मैले गठबन्धनमा कुरा गरे हाम्रो समर्थन रहन्छ भन्नुभयो,’ उनले भने।

भुसालले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत एमाले त्यागेको घोषणा गरेको थियो।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *