२०८२ असार ७ गते आइतवार

प्रतिनिधि सभा बैठक बस्दै,प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगबारे छलफल हुने

काठमाण्डौ,साउन २२ । दर्ता भएको साढे ६ महिनापछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव अगाडि बढ्ने भएको छ ।

बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीश जबरामाथिको महाअभियोगबारे छलफल हुने सम्भावित कार्यसूची छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा २०७८ साल फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवम् प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गरेको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने उल्लेख गरिएको छ ।

बैठकमा राष्ट्रपति कार्यालयबाट पास भइ आएका विभिन्न विधेयक प्रमाणीकरणबारे सभामुखले जानकारी गराउने कार्यसूची पनि समावेश छ ।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *