२०८१ माघ ३ गते बिहिवार

राप्तीसोनारीका निर्वाचित जनप्रतिनिधिलाई अध्यक्ष पौडेलले खुवाए सपथ

नेपालगन्ज,जेठ ८ । बाँकेको राप्तीसोनारी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् ।

आइतवार राप्तीसोनारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तप्त बहादुर पौडेलले नवनिर्वाचित उपाध्यक्ष मनिषासिंह थारु सहित ९ वटै वडाका अध्यक्ष र सदस्यहरुलाई सपथ खुवाएका हुन् ।

सपथ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले निवर्तमान अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीलाई बिदाई गर्दै नवनिर्वाचित अध्यक्ष पौडेल, उपाध्यक्ष थारु सहित सबै जनप्रतिनिधिहरुलाई स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *