२०८३ असोज २८ गते बुधवार

अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गर्दै

काठमाडौं,चैत २८ । अर्थमन्त्री जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

आज अपरान्ह ४ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने तयारी रहेको मन्त्रीको सचिवालयले जनाएको छ।

ष्लखयतभअज
अर्थमन्त्री शर्माले मुलुकको आर्थिक अवस्थालगायत विषयमा पत्रकार सम्मेलन गरेर जानकारी गर्न लागेको बताइएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आइतबार पत्रकार सम्मेलन गरेर मुलुकको आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गरेको थियो।

पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाको उपस्थितिमा आइतबार एमालेले पत्रकार सम्मेलन गरेको थियो।

एमालेले मुलुकको आर्थिक अवस्था बिग्रनुमा अर्थमन्त्रीको दोष भए पनि गभर्नरलाई निलम्बन गरिएकोमा आपत्ति जनाउँदै आएको छ।

गभर्नर महाप्रसाद अधिकारीलाई गत बिहीबारको मन्त्रिपरिषद बैठकले निलम्बन गर्ने निर्णय गरेको थियो। त्यसपछि सरकारको व्यापक आलोचना हुँदै आएको छ।

प्रकाशित मिति : २०७८ चैत्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *