तुलसीपुर, असोज १५ । स्वर्गिय पत्रकार हेमप्रकाश वलीको शनिबार बबईमा अन्तेष्टि गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित सितलपुर घाटमा अन्तेष्टि गरिएको हो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य वलीको शुक्रबार बाँकेमा उपचारका क्रममा ३४ बर्षको उमेरमा निधन भएको थियो । नेपाली काँग्रेसका क्रियासिल सदस्य समेत रहेका वलीको पार्थिब शरिरमा अन्त्येष्टि पूर्व पार्टीको झण्डा ओढाइएको थियो ।
वलीले प्रजातन्त्रको जेगर्नका निमित्त सञ्चार माध्यमबाट निर्वाह गरेको भूमिकाको सम्मान स्वरुप पार्टीको झण्डा ओढाइएको हो ।
स्वर्गिय वलीको पार्थिब शरिरमा तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमाल र लुम्बिनी प्रदेशसभा सदस्य शंकर गिरी लगाएतका नेताले पार्टीको झण्डा ओढाएका थिए ।
प्रकाशित मिति : २०७८ असोज १६ गते शनिवार
