दाङ,भदौ २२ । नेपाली काँग्रेस रुकुम पश्चिमको निर्माणधिन विपी स्मृति भवन निर्माणका लागि काँग्रेसका युवा नेता राजु केसीले दुई लाख नगद सहयोग गरेका छन् ।
महाधिबेशन प्रतिनिधि केसीले सोमबार खलंगामा नेता केसीले जिल्ला पार्टी कोषाध्यक्ष मोहविर खड्कालाई दुई लाख पाँच सय पाँच रुपैया नगद हस्तान्तरण गरेका हुन ।
उक्त अबसरमा काँग्रेस रुकुम पश्चिमका सचिब गोर्खबहादुर खत्री, मुसिकोट नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष भिमबहादुर विष्ट, काँग्रेसका युवा नेता ओम केसी, नेपाल पत्रकार महासघ रुकुमका अध्यक्ष लक्ष्मण केसी, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष लालबहादुर ओली लगायतको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस रुकुम पश्चिमको भवन निर्माण कार्य चलिरहेको हुँदा इच्छुकले इच्छा अनुसार आर्थिक सहयोग गर्न काँग्रेस नेतृत्वले आग्रह पनि गरेको छ ।
विपी स्मृति भवन निर्माणमा सहयोग गर्न नेपाल बैंक लिमिटेड रुकुम शाखाको खाता न ०७७००१००७३०३६५०००००१ र एभरेस्ट बैंक रुकुम पश्चिम शाखा खाता न ०५५००१०५२००२७७ मा सहयोग गर्न आग्रह गरिएको छ । हाल कांग्रेस रुकुम पश्चिमको पार्टी कार्यालय भाडाको घरमा बस्दै आएको छ ।