२०८२ बैशाख ७ गते शनिवार

गगन थापाले कक्षा १२ को परीक्षाबारे प्रधानमन्त्रीलाई दिए यस्तो सुझाव

काठमाडौं, साउन २३ । नेपाली कांग्रेसका नेता गगन थापाले विकल्पसहित परीक्षाहरू स्थगन गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको जनाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै परीक्षा स्थगन गर्न सिफारिस गरेपछि नेता थापाले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा विद्यार्थीलाई अलमलमा नपार्नेगरी विकल्पसहित निर्णय गर्न आग्रह गरिएको जनाए।

प्रधानमन्त्री देउवाले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्नेगरी निर्णय गर्ने विश्वास दिलाएको थापाले बताए। कोरोना संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। चार लाख परीक्षार्थीले चार हजार ३३५ परीक्षा केन्द्रबाट करीब ९० विषयको परीक्षा दिने तालिका थियो।

यस सम्बन्धमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डले बैठक बोलाएको छ।

प्रकाशित मिति : २०७८ साउन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *