२०८१ बैशाख ७ गते शुक्रवार

प्रर्सेनीमा कांग्रेसको बिरोध सभा


तुलसीपुर,माघ ८ । संसद विघटनको विरोधमा देशव्यापी आन्दोलन गरेको काग्रेसले आज बिहिवार देशैभरका वडाहरुमा विरोध सभा गरेको छ । यसैक्रममा तुलसीपुर ७ मा विरोध सभा प्रर्सेनीमा सम्पन्न भएको छ ।

नेपाली काग्रेस वडा ईकाई सभापती हरीबहादुर थापाको अध्यक्षता तथा महासमिति सदस्य जोगेन्द्र विश्वकर्माको प्रमुख आतित्थ्यता एवं महिला नेत्रृ देवीका नेपालीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले केपी सरकारले गरेको संसद विघटन अलोकतान्त्रिक , अशोभनिय तथा अधिनायकवाद भएको ठहर गरेका छन ।

बक्ताहरुले पार्टि भित्रको झगडा मिलाउन नसकेर सनकको भरमा संसद विघटन गर्नु लज्जास्पद कदम भएको भन्दै फिर्ता लिन माग गरेका छन ।

विरोध सभामा पुर्व जिल्ला सदस्य कृष्ण कुमार गिरि ,क्षेत्रीय उपसभापति प्रेम कुमाल , पुर्व क्षेत्रीय उपसभापति विश्वराज गौतम ,सदस्य जगत थापा, दलित सघका ईश्वरि सुनार ,वडा सदस्य राम वहादुर जिसि , नेपाल प्रेस युनियनका विमल गौतम , प्रजातान्त्रिक प्राध्यापक सघका सुर्य शर्मा , वृद्ध सेवा समितिका खुमान्नद अधिकारी लगायतकाले बोलेका थिए । विरोध सभाको संचालन ईकाई सचिव ओम वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *