घोराही, पुस १९। दाङ जिल्ला उद्योग वाणिज्य संघको सोमवार हुने निर्वाचनका लािग साझा उमेद्वारहरुले आइतवार घोराहीमा ¥याली सहित घरदैलो गरेका छन् । अध्यक्ष पदका उमेद्वार टंकसिंह बुढाथोकी र कोषाध्यक्ष पदका उमेद्वार सुशील पोख्रेलले आइतवार घोराहीका विभिन्न पसल पसलमा पुगेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन ।
निर्वाचन सचिवालयबाट सुरु भएको ¥यालीले घोराही बजारका विभिन्न स्थानमा पुगेर मतदाताहरुलाई भेटेका थिए । ¥यालीमा नेपाली कांग्रेस, नेकपा लगायत सम्पूर्ण दलका नेताहरु, व्यवसायीक नेताहरुको सहभागीता रहेको थियो ।
उनीहरुले व्यवसायीहरुको समग्र समस्या समाधान र दाङ जिल्ला उद्योग वाणिज्य संघको संस्थागत विकासका लागि आफूहरुले कामगर्ने मतदाता समक्ष प्रतिबद्धता जाहेर गरेका छन् ।त्यसका साथै उनीहरुले सर्वदलिय सर्वपक्षिय सहमतिमा उमेद्वारी दिएको भन्दै आफूहरुलाई मतदान गर्न अनुरोध गरेका थिए । दाङ जिल्ला उद्योग वाणिज्य संघको २० पदमध्य १८ पदमा सहमति भइसकेको छ।