दाङ,पुस २३ । दाङ उद्योग वाणिज्य संघमा गैर व्यवसायीलाई प्रवेश गराइएपछि प्रजातान्त्रिक उद्यमी संघ घोराही दाङले त्यसको विरोध गरेको छ ।
संघका अध्यक्ष गुरुप्रशाद कँडेलले बुधवार विज्ञप्ति प्रकाशित गर्दै उद्योगी व्यवसायीको संस्थामा गैर व्यवसायीलाई प्रवेश गराइएको भन्दै आपत्ति जनाएको छ । उद्योग वाणिज्य संघको निर्वाचन प्रभावित पार्न तथा संघमा आफ्नो वर्चश्व जमाउने प्रपञ्चका साथ केही स्वार्थी प्रबृतिका व्यवसायीले त्यसो गरेको आरोप लगाइएको छ ।
त्यस्तै राज्यलाई राजश्व छलि गरेका तथा गैर व्यवसायिहरुलाई समेत केही वडा कार्यालयहरुले व्यवसायिक फर्मदर्ता दिएको भन्दै त्यसको निष्पक्ष छानविन गर्न अध्यक्ष कँडेलले उद्योग वाणिज्य संघको नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
त्रुटि नसच्याएर त्यसको विरोधमा प्रजातान्त्रिक उद्यमी संघ कडा रुपमा प्रस्तुत हुने चेतावनीपनि दिइएको छ ।