२०८१ माघ ३ गते बिहिवार

३ महिनादेखि संसद अवरुद्ध सांसदले काम पाएनन्

दाङ, मंसिर २ । ५ नं. प्रदेशको संसद रोकिएको तीन महिना पुगि सकेको छ । सदन बन्द रहँदा सांसदहरु काम विहिन भएका छन् । साउन २४ गते बन्द भएको सदन अझैं कहिले खुल्ने निश्चित छैन ।  दाङको निर्वाचन क्षेत्र नं. २ को १ बाट निर्वाचित अमरबहादुर डाँगीले त्यत्तिकै बस्तु पर्दा दिक्क लागेको बताए । सरकार गठन भएको दश महिना वितिसक्दा समेत अन्तर समन्वय समितिको बैठक बस्न नसकेको, वित्तिय आयोग बन्न नसकेको हुँदा आफ्नो क्षेत्रमा कुनै काम गर्न नसकेको प्रदेश सांसद डाँगीले बताए । उनले विकासे योजनाहरुको अहिले सम्म स्टिमेट नभएको हुँदा समयमै काम हुन्छ कि हुँदैन भन्ने शंका पैदा भएको बताए ।

नेपाली काँग्रेसको तर्फवाट पाल्पा बाट निर्वाचित विरबहादुर राणाले कुनै काम नहुँदा संघ संस्थाका कार्यक्रमहरुमा गएर समय व्यथित गर्ने गरेको बताए । प्रदेशलाई अधिकार संपन्न गरान नखोज्ने संघीय सरकारको मानसिकताले गर्दा प्रदेश सरकारको औचित्य माथि नै प्रश्न उठ्न थालेको राणाले बताए । उनले कुनै काम नपाउँदा मतदाता समक्ष जानै लाज लाग्न थालेको उनले बताए ।  काम नपाउँदा धेरै सांसदहरु त्यतिकै भौंतारिदैं समय व्यथित गर्दै आएका छन् । धेरै जसोले यो बीचमा काठमान्डौंमा आवात जावात गर्ने गरेको बताए भने कतिपय विदेशमा डुल्न गएको बताएका छन् ।

काँग्रेसको तर्फवाट दाङ बाट निर्वाचित एक्ला नेता तथा प्रदेश सांसद डिल्लीबहादुर चौधरीले आइतवार बंगलादेश जाँदै गरेको जानकारी दिएका थिए ।  तीन महिनाको अवधिमा उनी दोस्रो पटक बंगलादेश भ्रमण जाँदै थिए । चौधरी यो अवधिमा श्रीलंका, नेदरल्याण्ड, र भारतमा तीन पटक भ्रमण गर्न गएको जानकारी दिए ।

नेकपा एमालेको तर्फवाट बर्दियावाट निर्वाचित कविराम थारुले संसद अब छिटो आह्वान हुनुपर्ने बताए । तीन महिनादेखि सदन अवरुद्ध हुँदा गाउँघरमा जनतासंग भेटघाट गर्नेदेखि उनीहरुले निम्त्याउने सानातिना कार्यक्रमहरुमा सहभागि हुने गरेको उनले बताए । ५ नं. प्रदेशमा ८७ जनप्रतिनिधि निर्वाचित भएका हुन । ‘ कुनै काम नै नगरी तलव मात्रै बुझ्दा मन चिमोट्ने गर्छ, अरु त अरु परिवारकै सदस्यले पनि त्यो प्रश्न गर्दा लाज लाग्न गर्छ’, अर्घखाँची बाट प्रतिनिधित्व गर्ने एक सदस्यले भने । कपिलबस्तु बाट प्रतिनिधित्व गर्ने अर्की एकजना महिला सदस्यले केन्द्रले प्रदेश सरकारलाई अधिकार दिन आनाकानी गर्दा प्रदेशकै औचित्य तथा संघीयता माथि प्रश्न उठ्न थालेको बताइन । उनले जतिहुन्छ छिटो सदन खोल्नु पर्ने उनको तर्क छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *