२०८१ माघ ९ गते बुधवार

जमदारसहित तीनजनाको जागिर चट

दाङ, मंसिर २ । जागिर लगाईदिने नाममा घुस लिने तीन जना नेपाली सेनालाई कारबाही गरिएको छ । १९ नम्बर बाहिनी तुलसीपुर दाङका बाहिनीपति तथा सहायक रथी बिज्ञानदेव पाण्डेले त्यस्तो जानकारी दिउका हुन ।

उनकै अध्यक्षतामा गठित समरी जनरल अदालतले तीनै जनालाई जागिरबाट हटाएको छ । भर्ना अभियानमा आर्थिक अनियमिता गर्ने साविक बर्दियाको सानोश्री गाविस ८ घर भई ज्वालदल गण जाजरकोटमामा कार्यरत जमदार नरेन्द्रबहादुर डाँगी, बाँकेको बैजनाथ गाविस १ चिसापानी घर भई सोही गणमा कार्यरत हवलदार कुलबहादुर राना क्षेत्री र गोरखाको पालुङटार नगरपालिका २ घर भएका सिपाही दिनेश अधिकारीलाई सेवाबाट बर्खास्त गरेको हो ।

जमदार डाँगीले नेपाली सेनामा भर्ना गराईदिने भन्दै डेढलाख रुपैयाँ लगेको, हलवदार रानाले आफनो गाउँको भन्दै सघाएको र सिपाही अधिकारीले भर्ना भएपछि ५० हजार रुपैंया लैजाने कबुल गरेको प्रमाणित भएपछि सेवाबाट हटाइएको नेपाली सेनाले जानकारी दिएको छ ।

आर्थिक अनियमिततामा गरेको स्वीकार गरेपछि सैनिक अदालतले डाँगी र अधिकारीलाई ३÷३ महिना र रानालाई एक महिना कैद गर्ने फैसला गरेको नेपाली सेनाका प्रवक्ता साहयक रथी गोकुल भण्डारीले जानकारी दिए । प्रवक्ता भण्डारीका अनुसार सैनिक हित विपरित कार्य गरेका उनीहरुलाई सैनिक ऐन २०६३ को दफा ५२ को खण्ड ६ बमोजिम कारबाही गरिएको हो ।

ज्वालादल गण जाजरकोटमा गत जेठ २ गते नेपाली सेनाले भर्ना खोलेको थियो । भर्ना छनौटको मौखिक अन्र्तवार्तामा सोधपुछ गर्ने क्रममा भर्ना हुन आएका मध्ये एक जनाले डेढ लाख रुपैंया दिइसकेको र एक जनाले भर्ना भएपछि ५० हजार दिने कबुल भएको कुरा खुलेपछि घटना छानविन गरिएको थियो । डाँगीले लगते रकम संवन्धित व्यक्तिलाई फिर्ता गरिसकेको जानकारी दिइएको छ । कात्तिक ५ गते उनीहरुलाई नियन्त्रणमा लिएको सेनाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *