२०८२ असार २४ गते बुधवार

वीपी मावि बयालेमा काँग्रेसको बर्चश्व


दाङ,पुस १३ । शान्तिनगर गाउँपालिका वडा नं. ३ स्थित वीपी माविको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा नेपाली काँग्रेस समर्थित लोकतान्त्रिक प्यानलका व्यक्तिहरुले सबै निर्वाचित भएका छन् । निर्वाचित चारै जना लोकतान्त्रिक प्यानका सदस्यहरु झन्डै दोब्बर मतान्तरले विजयी भएका छन् । आइतवार विहान ८ बजेदेखि भएको निर्वाचनमा कुल ६ सय १४ मतदाता थिए । त्यसमध्य ५ सय ३ मत खसेको थियो भने त्यसमा १२ मत बदर भएको थियो ।

अभिभावक भेलामा सहमति हुन नसके विद्यालय व्यवस्थापन समितिको नेतृत्व चुन्न चार सदस्य निर्वाचन हुने परम्परा रहेको छ । त्यसैका लागि आइतवार भएको निर्वाचनमा नेपाली काँग्रेस सर्मथित लोकतान्त्रिक प्यानका चारै जना मध्य दामोदर केसी ३१८, पातली चौधरी ३१७, मिना दमाई ३१६ र तुलसी गिरी ३१३ मत प्राप्त गरि निर्वाचति भएका छन् । उनीहरुका निकटतम प्रतिद्धन्दी नेकपा निकटका उम्मेदवारहरु मध्य शिबराम सुवेदी १६४, थलु कँडेल १६३, सनम चौधरी १६१ र खडेन्द्र शर्मा १६० मत मात्रै प्राप्त गर्न सकेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार कुलबहादुर केसीले जम्मा ५ मत मात्रै प्राप्त गरेका छन् ।

सर्वसहमतिमा नेतृत्व चुन्ने प्रयास संभव नभएमा अभिभावकहरुले ४ जना सदस्य मतदान मार्फत टुङ्गो लगाउँछन् । त्यसपछि उनीहरुले थप २ जनालाई मनोनित गर्छन । त्यसमा विद्यालयका प्रधानाध्यापक पदेन सदस्य सचिव हुन्छन् । शिक्षक प्रतिनिधि पनि रहन्छन् त्यस्तै एकजना वडा प्रतिनिधि समेत गरि ९ सदस्य विद्यालय व्यवस्थापन समिति रहन्छ । त्यसमा प्रधानाध्यापक र शिक्षक प्रचिनिधि बाहेक अन्य ७ जना मध्यवाट एकजनालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरिन्छ ।

प्रकाशित मिति : २०७६ पुष १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *