पहलमान घर्ती, रोल्पा ।
५ नं. नम्वर प्रदेश अन्तरगत नेपाली काँग्रेसका दश जिल्ला सभापतिहरुको भेला शनिवार प्यूठानमा भएको छ । प्युठानको स्वर्गद्वारीमा भएको जिल्ला सभापतिहरुको भेलाले कम्यूनिष्टको सरकार हत्या हिंसामा रमिते मात्रै बनेको आरोप लगाएको छ । देशमा शान्ति अमनचयन गर्नुको साटो उल्टै सरकारले नै दोषीलाई संरक्षणा दिइरहेको भेलोले निस्कर्ष निकालेको छ ।
देशमा हत्या हिंसा बढी रहँदा पनि सरकारले पिडितलाई न्याय दिनुको सट्टा उल्टै पिडिकलाई संरक्षण गरिरहेको निष्कर्ष निकालेको एकजना सहभागिले बताए । सरकार गठन भएको ९ महिनको अवधिमा जनताका अत्यावश्यक वस्तु दैनिक उपभोग्य समाग्रीमा महंगी बढाएको रोल्पा जिल्ला सभापति अमरसिंह पुन मगरले बताए । ‘देशमा बलात्कारका हत्य हिंसा जस्ता घटना बढी रहदा पनि सरकार रमिते मात्रै बन्यो । अव यो सरकार बाट थप कुनैपनि आशा गर्नु व्यर्थ छ भन्ने निष्कर्ष हाम्रो भेलाले निकालेको छ’ पुन मगरले भने ।
भेलाले पाँच नम्वर प्रदेशको स्थायी राजधानी र नाम छिटै टुंगाउन प्रदेश सरकार असमक्ष रहेको पनि काँग्रेस भेलाले निष्कर्ष निकालेको छ ।
स्थानीय तहले विभिन्न बाहानामा सर्वसाधारण जनता माथि चर्को कर असुली गरिरहेको हुँदा अब त्यसको विरोधमा काँग्रेस उत्रने निर्णय भएको पुन मगरले बताए । सभापतिहरुको भेलाले तत्काल जनविरोधी कामलाई रोकी शान्ति, सु–व्यवस्था कायम गर्न सरकार समक्ष माग समेत गरेको उनले बताए । पुर्व सिंचाइ राज्य मन्त्री एवं विधान मस्यौदा उपसमितिका सदस्य पुनमगरले पार्टीलाई सवल बनाउनको लागि सबै गाउँ र बस्तिमा पुग्ने निर्णय गरेको जानकारी दिए ।