२०८२ बैशाख ३० गते सोमवार

काँग्रेसलाई हराउन काँँग्रेसले मात्रै सक्छ – सभापति खड्का

तिर्थराज ज्ञवाली, हर्सेडाँडा ।
नेपाली काँग्रेसले शनिवार राप्ती गाउँपालिकाको हर्सेडाँडामा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ । कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रका प्रमुख अतिथि तथा जिल्ला सभापति कीर्तिबहादुर खड्काले काँग्रेसलाई कसैले पनि अब हराउन नसक्ने बताए । ‘ काँग्रेसलाई कसैले हराउन सक्दैन तर त्यसका लागि काँग्रेस एक ढिक्का हुन जरुरी छ ’ सभापति खड्काले भने । उनले काँग्रेसले मात्रै काँग्रेसलाई हराउन सक्ने र अरु कुनै शक्तिले हराउन नसक्ने दाबी गरे ।

पुर्ब सभापति विरकेश्वरी गौतमले दाङ काँग्रेसको उर्वरभूमी भएको भन्दै एउटा हारमा विचलित हुन नहुने बताए । जनताले कम्यूनिष्टको विकासका खोक्रा नारा महसुश गरिसकेको हुँदा त्यसको जवाफ जनताले अर्कौ निर्वाचनमा दिने तर्क गरे । क्षेत्र नं. २ का क्षेत्रीय सभापति गिरिराज सुबेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई पुर्ब सासंदहरु बुद्धिराम भण्डारी, सुसीला चौधरी, कृष्णकिशोर घिमिरे, जिल्ला सचिव शंकर डाँगी, पूर्व जिल्ला कमल किशोर घिमिरे, नेताहरु नुमान्नद सुबेदी, जगदम्वा कुमारी चौधरी, लालमहोमद मिया लगाएतले सम्वोधन गरेका थिए । काँग्रेस क्षेत्र नं. २ ले आयोजनामा गरेको राप्ती गाउँपालिका स्तरिय नेता कार्यकर्ता भेटघाट कार्यक्रम वडा न. २ को हर्सेडाँडामा भएको काँग्रेस दाङका जिल्ला सदस्य हरि भुसालले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *