२०८१ बैशाख ७ गते शुक्रवार

निर्मला काण्डले नेपालीको शिर झुेकेको छ – अधिकारी

शरद रेग्मी,दाङ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति डा. गंगाधर अधिकारीले समाजमा शान्ति स्थापनाको लागि कानुनको पालना अनिवार्य रुपमा भएको हुनुपर्ने बताएका छन् । शान्ति समाज दाङ शाखाले आइतबार तुलसीपुरमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उनले मुलुकको शान्ति र लोकतन्त्रको रक्षा गर्न कानुनको पालना अनिवार्य सर्त भएको तर्क गरे ।

राज्यका सबै निकाय र राजनीतिक दलहरू कानुनी दायरामा आइ नसकेको हुँदा त्यसमा जोड दिनुपर्ने बताए । निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्नहरुलाई तीन महिना वितिसक्दा समेत पहिचान र पक्राउ गर्न नसक्दा विश्व जगतमा राष्ट्र शिर झुकेको अधिकारीले बताए । ठुला घटनाका अभियुक्तहरुले राजनीति सरक्षणका आकधारमा उन्मुक्ति पाइरहेको हुँदा त्यो नरोकिदा सम्म समाजमा शान्ति कायम हुन नसक्ने उनको कथन थियो । कार्यक्रममा उपसभापति गोबिन्द खनालले अपराध नियन्त्रण गर्न राज्य गम्भीरतापूर्वक नलागेको आरोप लगाए ।

प्रकाशित मिति : २०७५ कार्तिक २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *